दाङ मंसिर २९ गते ।
दाङ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दस जनालाई पक्राउ गरेको छ ।
मंगलबार ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलिले लागूऔषध ब्राउनसुगरसहित दस जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ भम्के बस्ने २२ वर्षीय बिनोद भण्डारी समेत ४ जना सोही उपमहानगरपालिका–५ आलुमण्डीमा ५ सय ४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय अमर गन्दर्भ समेत ४ जना २ सय १० मिलिग्राम र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत २ जना ९ सय ४० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इप्रका तुलसीपुरले जनाएको छ ।
Discussion about this post