काठमाडौँ पुस २ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भेटवार्ता भएकाे छ।
प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्न प्रचण्ड शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका हुन्। भेटवार्तामा संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा दुई नेताबीच छलफल भएको छ।
संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवराेध पुर्याउँदै आएकाे छ। जसले गर्दा सरकारले विभिन्न विधेयक प्रस्तुत गर्न पाएकाे छैन। संसदलाई लिएर सरकार र सत्ता गठबन्धनमा आवद्ध दलकाे विराेध हुँदै आएकाे छ।
भेटमा प्रचण्डले सभापतिमा निर्वाचित भएका देउवालाई बधाई तथा शुभकामना दिएका छन्। उनीहरुबीच वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे समेत छलफल भएको बालुवाटार स्राेतले बताएकाे छ। फाइल तस्वीर
Discussion about this post