भक्तपुर पुस ६ गते ।
भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थित एक घरमा सोमबार राति एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रामेछापको लिखु गाउँपालिका ४ स्थायी घर भएका ४० वर्षीय बसन्त बस्नेत झुण्डिएर मृत अवस्थामा फेला परेका हुन्।
उनी ताथलीस्थित धाराकुलोमा निर्माण गरिएको आफ्नै घरको दोस्रो तलामा भ¥याङ छोप्न बनाइएको जस्ताको छानामा रहेको बाँसको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
बस्नेतले झुण्डिएर आत्महत्या गरेका छन् भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको उनले बताए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।
Discussion about this post