बाँके पुस ७ गते ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्थामा निर्माण थालिएको क्षेत्रीय कारागारले अझै पूर्णता पाउन सकेको छैन् ।
३६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि पाँच वर्ष वितिसक्दा समेत क्षेत्रीय कारागारले पूर्णता नपाएको हो । कारागार निर्माणका लागि भ्याट बाहेक ५३ करोडको लागत अनुमान गरिएको छ ।
अनुमानभन्दा झन्डै साढे १४ करोड कममा पप्पु रसुवा जेभीले ठेक्का पाएको थियो । सम्झौताअनुसार ३६ महिनामा काम गर्न नसकेपछि पप्पुसँगको सम्झौता तोडेर अहिले रसुवा जेभीले एक्लै कारागार निर्माणको काम गरिरहेको छ ।
वाहिरको कम्पाउण्ड, भवनलगायतको काम अझै बाँकी रहेको संघीय आयोजना इकाई कार्यालय नेपालगन्जका इन्जिनियर सुदिप झाले बताउनुभयो ।सम्झौता अनुसार रसुवा जेभीले आगामी चैतसम्म कारागार निर्माणको काम सकिसक्नु पर्नेछ ।
तीन हजार कैदीबन्दी अट्ने यो कारागार निर्माणपछि नेपालगन्ज कारागारमा कोचाकोच गरेर बस्नुपर्ने कैदीबन्दीको समस्या हट्ने छ । साढे तीन सय क्षमताको नेपालगन्ज कारागारमा अहिले आठ सय १४ कैदीबन्दी छन् ।
Discussion about this post