चितवन पुस ९ गते ।
चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता १९ गैँडा मरेका छन् ।
मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अरु कालगतीले नै मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार चालु आर्थिक वर्षको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका छन् । साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ वटा गैँडा मरेको तथ्याङ्क छ । पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ वटा पाइएको थियो ।
गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्नेकाे सङ्ख्या बढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताएका छन् ।
Discussion about this post