बाँके पुस ११ गते ।
प्रहरीले नेपालगञ्जको सिमानाका जमुनाहबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
आइतबार बेलुका डेढ ग्राम लागूऔषध ब्राउन सुगरसहित कोहलपुर नगरपालिका-५ रझेना बस्ने १९ बर्षीय राजकुमार थारुलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
रुपैडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका थारुलाई चेकजाँचका क्रममा मुखभित्र राखेर लागूऔषध ल्याउँदै गरेको अवस्थामा जमुनाह प्रहरी र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको जमुनाह इन्चार्ज प्रहरी नायव निरीक्षक मीन बहादुर बिष्टले जानकारी दिनुभयो ।
शंकाष्पद तरिकाले नेपालगञ्ज आउँदै गरेका थारुलाई चेकजाँचका क्रममा मुखभित्र १ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित लुकाइराखेको पाइएको प्रहरी नायव निरीक्षक बिष्टले बताउनुभयो ।
पक्राउ परेका थारुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको पनि प्रहरी नायव निरीक्षक बिष्टले बताउनुभयो ।
Discussion about this post