बर्दिया पुस १३ गते ।
बर्दियाको बबई नदीस्थित जब्दीघाट पुल मर्मतमा ढिलाई भएको छ । बबई पुल निर्माणमा अनियमितता सम्बन्धी विशेष अदालतमा दायर मुद्दा चार वर्षसम्म टुंगो नलाग्दा पुल मर्मतमा ढिलाई भएको हो ।
२०७४ साउन २८ मा बबई नदीस्थित जब्दीघाटमा निर्मित पुल भासिएको थियो । तत्कालीन डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुखसहित एक दर्जन बढी कर्मचारी, कन्सलटेन्ट, निर्माण व्यवसायीविरुद्ध मुद्दा दायर भएको थियो । उत्तर–दक्षिण जोड्ने उक्त पुल पप्पु कन्स्ट्रसनले बनाएको थियोे ।
१६ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण भएको पु हस्तान्तरण नहुँदै भासिएको थियो । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले अदालतले दोषी ठहर गरे कारबाही गर्नु पर्ने अन्यथा सफाइ दिए पुल बन्ने बाटो खुल्ने बताउनुभयो ।
उत्तर–दक्षिण सडक बनिसके पनि पुल भासिएका कारण त्यस क्षेत्रका करिब २ लाख बासिन्दा सास्ती भोग्न बाध्य भएको उहाँको भनाइ छ ।
Discussion about this post