बाँके पुस २३ गते ।
हिंजो पारिलो घाम लागेको नेपालगन्जसहितको आसपासको क्षेत्रमा आज विहानदेखि फेरि बाक्लो हुस्सु र शितलहर सुरु भएको छ ।
बाक्लो हुस्सुसँगै शितलहर चलेकाले चिसो बढेको छ । नेपालगन्ज विमानस्थलबाट हुने हवाइ उडानसमेत प्रभावित भएका छन् । नेपालगन्ज नागरिक उडड्यन प्राधिकरणका अनुसार कर्णाली र सुदूरपश्चिम क्षेत्रको विहानी उडान प्रभावित भएको छ ।
त्यस्तै काठमाडौंको उडान पनि प्रभावित भएको कार्यालयले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेभन्दै विभागले चिसोवाट बच्न र हिमपातवाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
Discussion about this post