बाँके माघ ३ गते ।
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १० बाट भन्सार छलिको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीलले लत्ताकपडा, जुत्ता, ब्येरिङ, सुपारीलगायतको चोरीपैठारीको सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार एक लाख ५७ हजार चार सय पचास रुपैया मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाइ छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागी नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको छ ।
Discussion about this post