काठमाडौं माघ ५ गते ।
पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।
आज दिउँसोको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताउनुभयो ।
उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।अहिलेको हुस्सु, कुहिरो बिस्तारै हट्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद्को भनाइ छ ।
तराईका जिल्लामा भने बाक्लो हुस्सु, कुहिरोका कारण अधिकतम तापक्रम घट्न थालेको छ । यसले चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ ।
Discussion about this post