बाँके माघ ६ गते ।
बाँके प्रहरीले नेपालगन्जबाट सुपारी बरामद गरेको छ । भारत तस्करी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्नेक्रममा ई-रिक्सासहित सुपारी बरामद गरेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रहरी सहायक निरीक्षक विवेक अधिकारी नेतृत्वको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० बाट दुई लाख १० हजार मूल्य बराबरको सुपारी बरामद गरेको हो ।
इ-रिक्साको डिक्की र हुडमा लुकाइछिपाइ भारत लैजान लागिएको सो सुपारी बरामद भएको बताइएको छ । सुपारी तस्करीका लागि इ-रिक्सालाई नै मोडिफाइ गरेको पाइएको अनलाइन खोजखबरलाई एसपी अधिकारीले बताउनुभयो ।
सुपारी कस्को हो र कस्ले लग्दै थियो भन्नेबारे थाहा हुन सकेको छैन् । इ-रिक्सा चालक फरार छन् । बरामद गरिएको सुपारीसहित इ-रिक्सा थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post