बाँके माघ ९ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण सेवा आज बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका नगरसभा सदस्य तथा वडा नम्वर–३ का वडा सदस्य जाफर हुसैन अन्सारीको निधनको शोकमा आजका लागि नेपालगन्ज उपमहानगरपालिकासहित २३ वटै वडा कार्यालय बन्द गरिएको हो ।
उपमहानगरपालिकाले जारी गरिएको सूचनामा भनिएको छ–‘अन्सारीको निधनको गहिरो शोकमा नेपालगन्ज उपमहानगरपालिका नगर कार्यसमितिको कार्यालय र यस कार्यालय अन्तर्गत २३ वटै वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा एक दिनका लाग आज बन्द गरिएको छ ।’ अन्सारीको शनिवार निधन भएको थियो ।
Discussion about this post