बाँके माघ १० गते ।
भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको विभिन्न सामाग्री बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१० बाट बरामद गरेको छ ।
बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा, रुमाल, अन्डरवेयर, चिनी लगायत विभिन्न सामाग्री नेपालगन्जको ट्राफिक चोकबाट बरामद भएको हो ।
बरामद गरिएको सो सामान करिव अन्दाजी २ लाख ७८ हजार मूल्य बराबरको रहेको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटाइएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।
Discussion about this post