धनगढी माघ ११ गते ।
नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।
एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको हो ।
भट्ट २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा बैतडीबाट निर्वाचित प्रदेश सभा स दस्य हुन् । बैठकले प्रदेश सभामा पार्टीको भूमिकालाई सशक्त बनाउँदै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेका प्रमुख सचेतक भट्टले जानकारी दिए ।
प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बैठक बसेको थियो ।
Discussion about this post