खोजखबर संवाददाता
सुर्खेत असोज ६ गते । कम्प्यूटर एसोशियसन नेपाल महासंघ (क्यान) कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट प्रेमप्रकाश चन्द अध्यक्षमा निर्वाचित हुनभएको छ ।
नवनिर्वाचित अध्यक्ष चन्दका निकटम प्रतिद्वन्दी लोकप्रसाद दाहाल ८ मतले पराजित हुन भएको हो । त्यस्तै अर्का प्रतिष्पर्धी सनतकुमार शर्माले १ मत प्राप्त गर्नुभएको थियो ।
अध्यक्ष पदकालागि सुर्खेतका चन्द र दाहाल तथा सल्यानका सनतकुमार शर्माले उम्मेदवारी दिनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
क्यान महासंघको विधान अनुसार बाँकी पदाधिकारीहरुको चयन सदस्यबाट निर्वाचित हुनुभएका सदस्यहरुबाट पहिलो बैठकले गर्ने तय गर्ने अधिवक्ता सापकोटाले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष चन्दले कर्णाली प्रदेश सरकारको डिजिटल कर्णाली प्रदेश अभियानलाई सहयोग पुग्ने गरि तथा डिजिटल कर्णाली प्रदेश बनाउनकालागि सरकारलाई झक्झक्याइ राख्ने बताउनुभयो ।
Discussion about this post