बाँके माघ १७ गते ।
बाँकेका सत्तारुढ गठबन्धनद्वारा किसानलाई मलखाद खरिदमा सहज वातावरण सृजना गर्न सम्बन्धित निकायलाई स्थानीय प्रशासन मार्फत ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा, जसपा बाँकेका सचिव राजेन्द्र बिश्वकर्मा, जनमोर्चा नेपालका सचिव माला केसी, नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर सभापति रतन शाही र नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार बिभाग प्रमुख करिश्मा योगीलगायतले स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
किसानहरुले सहजरुपमा रासायनिक मल नपाएको गुनासो आएकाले तत्काल त्यसको सम्वोधन गरिनु पर्ने उहाँहरुको माग छ ।
Discussion about this post