साहिल शेष बाँके माघ १९ गते ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालयले स्वास्थ्य चौकी गुरुवागाउँ वडा नम्बर ५ को सहयोगमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएका छन् । विद्यालयले कोरोना विरुद्धको खोप लगाउन आउन आह्वान गरेपछि बालबालिकाहरु स्वस्फूर्त रुपमा विद्यालय उपस्थित भइ खोप लगाएका हुन ।
१२ देखि १७ बर्ष उमेरका खोप लगाउने बालबालिकाको सहभागिता र खोप प्रति बढेको चासो देखेर हामी उत्साहित भएका प्रधानाध्यापक संध्या शर्माले बताए । यो भन्दा पहिलेको खोप अभियानमा जानकीका सर्वसाधारणले खासै चासो नदिए पनि अभिभावकले बालबालिकालाई खोप लगाउन उत्साहित भएका छन ।
कोरोना विरुद्धको खोप लगाउनु पर्छ भन्ने चेतना यहाँका सर्वसाधारणमा बढेको छ । अहिले अभिभावकहरु उमेर पुगेका आफ्ना छोराछोरीलाई विद्यालयको खोप केन्द्रमा खटिएका कर्मचारीले पनि कोरोना विरुद्धको खोप लगाउने बालबालिकाको सहभागिता उत्साहजनक रहेको बताए ।
बुधबार विद्यालयका करीब २ सय तीस जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मोर्डेनाडोज खोप लगाएको प्रधानाध्यापक संध्या शर्माले जानकारी दिनु भयो ।
Discussion about this post