बाँके माघ २१ गते ।
आजपनि देशभर पानी परिरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएको छ । नेपालगन्जमा हिंजैदेखि मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिनभर नेपालगन्ज र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।
भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो।
Discussion about this post