बाँके माघ २२ गते ।
नेपालगन्जबाट आफुलाई पत्रकारको परिचय बताउने मनोज तमौलीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमौलीले १० हजार रकम मागेका थिए । उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए ।
जानकी गाउँपालिका–६ गनापुर निवासी तमौलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमौलीलाई नियन्त्रणमा लिइएको हो ।
Discussion about this post