बर्दिया माघ २५ गते ।
बर्दिया राष्ट्रिय निकुञ्जले खर खडाइका लागि निकुञ्ज प्रवेश खुला गरेसँगै मध्यवर्ती क्षेत्रका झन्डै २५ हजार बढी मानिस निकुञ्ज प्रवेश गर्ने भएका छन् ।
निकुञ्जले भोलीसम्मका लागि खर खडाइका लागि निकुञ्ज प्रवेश खुला गरेको छ । ग्रामीण भेगमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासीको घरगोठ निर्माणका लागि आवश्यक पर्ने खर, बाबियो काट्न हरेक वर्ष झैँ यस वर्ष पनि खर खडाइका लागि निकुञ्जले प्रवेश खुला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
पहिलो दिन हिंजो झन्डै २० हजार जना निकुञ्ज भित्र प्रवेश गरेको र तीन दिनभित्रमा मध्यवर्ती क्षेत्रका झन्डै २५ हजार बढी मानिस खर खडाइका लागि निकुञ्ज प्रवेश गर्ने श्रेष्ठको भनाइ छ ।
विगतका वर्षहरू भन्दा यस वर्ष निकुञ्ज प्रवेश गर्नेको संख्या घटेको छ । पाटे बाघका आक्रमणका घटना, जङ्गली हात्तीको आक्रमण र जाडोले गर्दा पनि यस वर्ष कम मानिसले प्रवेश पुर्जी काटेको श्रेष्ठले बताउनुभयो ।
Discussion about this post