खोजखबर संवाददाता बाँके असोज ७ गते । नेपालीकाँग्रेश बाँके ले जनजागरण अभियानको दोस्रो चरणको कार्यक्रमको अन्तिम दिन विसाल र्याली सहित कोण सभा गरी समापन गरेको छ ।
बि.पी चोक पार्टी कार्यलयबाट सुरुभएको र्याली धम्बोजी,सेतुबिक चोक हुदै त्रिभुवन चोकमा गयर कार्यक्रम समापन गरेको हो ।
सरकार बिरुध चर्को नाराबाजी समेत गरेका थिए । बाँकेका नेपालि कांग्रेस सभापति किरण कोईराला माथि भएको आक्रमणको दोषी माथि कडा कारबाहीको मागसमेत गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य पुस्पा भुसालले अहिलेको सरकार अधिनायकवाद तर्फ अगाडी बढेको र जनताको समस्या माथि खेलबाड गरी रहेको जनाइन ।
नेपाली कांग्रेस पार्टी अझै बलियो र ससक्त रुप अगाडि बढ्ने र जनताको बिस्वास जित्नु पर्ने मा जोड दिदै जनताको भावनामाथि दुई तिहाई को दम्भले केही गलत भए नेपाली कांग्रेस चुप लागेर नबस्ने भुषाल ले बताईन ।
कार्यक्रममा नेपाल तरुण दल पुर्ब केन्दिय सदस्य सुदिप नर सिङ्ग राणा ,बाँके क्षेत्र नम्बर ३ का सभापति मो.नकी खा,लगायत पार्टीका प्रतिनिधी हरुले आफ्नो भनाई हरु राखेका थिए ।
कार्यक्रम बाँके जिल्ला सभापति किरण कोईराला को सभापतित्वमा सम्पन्न भयको हो।
Discussion about this post