दाङ असोज ७ गते । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिले जनतामा निराशा पैदा गर्ने कार्य भईरहेको बताएका छन् ।
तुलसीपुरमा मंगलवार भएको नेपाल हेभि ईक्युपमेन्ट अपरेटर संघ प्रदेश नं. ५ स्तरीय भेलालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिले संघीयताबिरुद्ध जनतामा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसरी भ्रम छरेर नेता बन्न नसकिने स्पष्ट पारे ।
‘अहिले संघीयताको बिरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थुपार्ने कार्य भईरहेको छ । उनले भने ‘तर नेता ले निराशा हाईन्, जनतामा आशा जगाउने जस्ता कुराहरु जनतामा लिएर जानुपर्छ ।’ मुलुक संघीयतातामा गएसंगै विकास निर्माणका काम तिब्र रुपमा अघि बढेपछि संघीयतालाई असफल बनाउन केही नेताहरुले संघीयताका बिरुद्धमा भ्रम सिर्जना गर्ने गरेको समेत बताए ।
‘मुलुकमा तीन तहका सरकारमा जनप्रतिनिधि आएपछि प्रशासनीक खर्च भने बढेको छ, २० हजार बढि कर्मचारीले काम गरिरहेका छन’, उनले भने ‘त्यो रकम जागिर खाने तिनै कर्मचारीको घरमा जाने हो, जनताकै घरमा जाने हो त्यो कुरा हामी सबैले बुझ्न जरुरी भयको कुरा समेत राखेका थिए ।
Discussion about this post