दाङ फागुन ५ गते ।
दाङको तुलसीपुरमा ई–पासपोर्ट सेवा सुरु भएको छ । इलाका प्रशासन कार्यालय तुलसीपुरले विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट सेवा सुरु गरेको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।
दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिएको थियो । यसअघि ई–पासपोर्टका लागि काठमाण्डौ जानुपर्ने बाध्यता थियो ।
अब तुलसीपुरबाट राहदानी बनाउन सकिनेछ । साविकको राप्ती अञ्चलमा पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुरु भएको हो ।
Discussion about this post