काठमाडौं फागुन ८ गते ।
भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रीशशीश्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापीविभागलाई निर्देशनदिनु भएको छ ।
नापीविभागकोअनुगमनतथा निरीक्षण गर्दै मन्त्रीश्रेष्ठले नापीविभागप्रत्यक्ष रुपमाजनतासँग जोडिएको संस्थाभएकाले समयानुकुलप्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवाप्रवाहमानापीविभागले विशेष ध्यानदिदै जनताले अनुभूति गर्नेगरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्रीश्रेष्ठले २०७२ को विनासकारी भूकम्पका कारणले क्जषतभएका नियन्त्रण विन्दुहरुलाई प्रतिस्थापन गर्नेगरी आधुनिकप्रविधिको प्रयोग गरेर नियन्त्रण विन्दुहरु स्थापना गरी परिशुद्ध नापनक्सा गर्नको लागिविभागले काम गर्नु पर्ने र त्यसमाआवश्यक सहयोगकालागिमन्त्रालय सदैव तयार रहेको पनिबताउनु भयो ।
राष्ट्रिय भूमिआयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको कामभएकाले त्यसकामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्न समेतमन्त्रीश्रेष्ठले नापीविभागलाई आग्रह गर्नुभयो ।
छोटो समयमाकर्मचारीको सरुवाहुने प्रवृतिले सेवाप्रवाहमा समस्याउत्पन्नभइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्रीश्रेष्ठले नापीविभागलाई आग्रह गर्नुभयो ।
Discussion about this post