बाँके फागुन ९ गते ।
बाँकेको जानकी गाउँपालिका–२ ढोडे गाउँ नजिकैबाट प्रहरीले आज तीन सय केजी अवैध वोइलर कुखुरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतबाट भित्र्याइएको ६६ हजार मूल्य बराबरको अवैध कुखुरा बरामद गरेको हो ।
बाँकेको बढैया बिओपी क्षेत्र हुँदै उक्त कुखुरा तस्करहरुले ढोडे गाउँ ल्याइएको प्रहरीले जनाएको छ । बढैया विओपी पोष्टको सेटिङमा भारतबाट कुखुरा भित्र्याउने गरिएको बताइएको छ ।
भारतमा सस्तो मूल्यमा कुखुरा पाइन्छ । त्यहा किलाको ९० रुपैयामा विक्री हुने गरेको छ। तस्करहरुले त्यही कुखुरा नेपालमा ल्याएर केजीको २२० मा विक्री गर्ने गरेका छन् ।
यही सेटिङ मिलाउन विओपीले भूमिका खेल्ने गरेको छ । तस्करबाट रकम लिएर कुखुरा भित्र्याउने गरेको बताइएको छ ।
Discussion about this post