सुर्खेत असोज ९ गते । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय थापाले यातायात व्यवसायीहरुले यात्रुहरुलाई सहज वतावरणमा गन्तब्य सम्म पुर्याउने काम यातायात ब्यवसायी भएको र त्यसको अनुगमन सरकारले गर्नुपर्ने बताउनुभएको छ ।
आज वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।
अधिवेशनमा थापाले कर्णाली प्रदेश सरकारले अन्य प्रदेशबाट आउने पुरानो यातायातलाई आउन रोक लगाउनु पर्ने जिकिर गर्नुभयो ।
प्रथम अधिवेशनले प्रा.लि.को अध्यक्षमा रमेश सापकोटालाई चयन गरेको छ भने वरिष्ठ उपाध्यक्षमा खड्गप्रसाद जैशी ढकाल, उपाध्यक्षमा सन्तोष विष्ट, महासचिवमा कलमबहादुर खड्का, सचिवमा पंकज ढकाल तथा कोषाध्यक्षमा दिनेशप्रसाद न्यौपानेलाई चयन गरेको छ ।
त्यस्तै अधिवेशनले संचालन समितिको सदस्यहरुमा मनोज शाही, पदमसिंह विक, मुक्तिनाथ बराल र सोमराज अधिकारीलाई चयन गरेको छ ।
तत्कालिन काँक्रेविहार यातायात व्यवसायी संघ सुर्खेत, कम्पनी ऐन २०६३ को दफा ९ को थप गरिएको उपदफा १ क बमोजिम सुर्खेत काँक्रेविहार यातायात प्रा.लि. सुर्खेतको नाम रुपान्तरित भएको हो ।
Discussion about this post