बाँके फागुन १५ गते ।
नेपालगन्जमा मुस्लिम समुदायको धार्मिक उत्सवको आयोजना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका—५ फुलटेक्रामा यही फागुन २६ गतेदेखि उत्सवको आयोजना गरिएको हाजी मुबारक अलि अन्सारीले जानकारी दिनुभएको छ ।
उक्त उत्सवमा भारतका ख्याति प्राप्त मौलाना सलमान असरफ आउनु हुनेभएको छ । त्यस्तै उत्सवमा नातिया गीतकार सन्दल जलालापुरी र जैनुल आविदीनको समेत सहभागीता रहने भएको छ ।
हाजी अन्सारीका अनुसार उत्सवमा नेपाल भारतका आलीमहरुको समेत सहभागीता रहनेछ । नेपालगन्जमा विगत १३ वर्षदेखि धार्मिक उत्सव हुँदै आएको छ।
मुस्लिम समुदायबीचको सामाजिक सदभाव, एकता र मित्रवत सम्बन्धलाई थप प्रभावकारी बनाउनका लागि धार्मिक उत्सवले महत्वपूर्ण भूमिका खेल्ने पनि उहाँको भनाइ छ ।
Discussion about this post