सन्ध्या शर्मा बाँके, असोज ८ गते । नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता तयारीको अन्तिम चरणमा रहेको जानकारीका लागि आज पत्रकार सम्मेलन गरेको छ ।
प्रतियोगितामा बाँके र बर्दियाका ८ टिम नकआउट आधारमा प्रतिस्पर्धा गरिने भनेर योगिनी कप फुटबल प्रतियोगिता सयोजक तरिन्द्र बहादुर थापाले जानकारी दिएका हुन ।
प्रतियोगिताको विजेताले ५० हजार, उप विजेताले २५ हजार, सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत रुपमा उत्कृष्ट प्रशिक्षक, गोलिकिपर डिफेन्स, मिडफिलडर र फरवार्डल समान रुपमा ५ हजार रुपैयाँ, टीका, प्रमाणपत्र र पुरस्कार दिनेकुरा पनि बताएका हुन ।
योगिनी कप फुटबल खजुरा गाउपालिका २ गौघाट स्थित योगिनी उच्च माबिमा खेल मैदानमा असोज ११ देखि सुरु भइ १७ गते सम्म चल्ने प्रतियोगितामा प्रायोजकको रुपमा सन्राइज एकेडेमीसंग सहकार्य गरि प्रतियोगितालाइ बलियो बनाएको छ ।
Discussion about this post