बाँके फागुन ३० गते ।
नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रामा रहेको जनता सेवा अस्पताल प्रा. लिमा आज बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जनता सेवा अस्पताल र रेडक्रसको सहयोगमा बृहत रक्तदान कार्यक्रम समपन्न गरिएको हो।
राष्ट्रिय युवा संघ नेपाल वडा नम्बर-६ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन ।
राष्ट्रिय युवा संघ नेपाल वडा नम्वर ६ का अध्यक्ष जितेन्द्र भारतीका अनुसार यो रक्तदान वडामा आजसम्मकै पहिलो हो । रक्तदान नै जिवन दान हो, ´भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर रक्तदान कार्यक्रम गरिएको उहाँको भनाइ छ ।
रगतको अभावमा कुनै पनि विरामीले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उहाँको भनाइ छ । यो रक्तदानले मृत्युको मुखबाट धेरैलाई बचाउन सघाउ पुरयाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका कन्सलटेन्ट फिजिसियन डा बिपिन आचार्यले अस्पतालमा रक्तदान गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो। ‘मान्छेको जीवन रक्षाका लागि हामी सम्पुर्ण स्वास्थ्यकर्मि लाग्नु हाम्रो कर्तव्य हो’–उहाँले भन्नुभयो ।
Discussion about this post