काठमाडौं चैत २ गते ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने रातोपाटीलाई जानकारी दिए । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
नेम्वाङले भने, ’अधिवेशन अन्त्यपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन रहँदै आएको छ । यो नियमित रुपमा बोलाइएको हो ।’
Discussion about this post