सल्यान चैत २ गते ।
जिल्ला कारागार सल्यानमा पर्याप्त भवन र कोठा नहुँदा कैदीबन्दी बरन्डामै सुत्न बाध्य छन् । कैदीबन्दीको संख्या बढ्दै गए पनि पूर्वाधार थप हुन नसकेको हो ।
जिल्ला कारागारमा अहिले ८ वटा मात्रै कोठा छन्, जसमध्ये २ मा महिला र ६ वटा कोठामा पुरुषलाई राखिएको छ । कारागारमा २१ महिला, ९८ पुरुष गरी १ सय १९ कैदीबन्दी र २ बालक छन् ।
पूर्वाधार अभावमा लामो समयदेखि वर्षातको समयमा पानी र हिउँदमा चिसोको समस्या झेल्नुपरेको कैदीबन्दी बताउँछन् । चौकीदार निमलाल विष्टले साघुँरो कोठा तथा कैदीबन्दीको चाप बढी भएकाले अहिले १८ कैदीबन्दी बरन्डामा सुत्नु परेको बताउनुभयो ।
Discussion about this post