काठमाडौं चैत ३ गते ।
१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्ग्लादेश खेल्दैछन् ।भारतको जमसेदपुरमा नेपाल र बङ्ग्लादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोलले पराजित भएको थियो ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् ।नेपालले तेस्रो खेलमा आउँदो मार्चमा २१ मा फेरि भारतसँग खेल्नेछ ।
त्यस्तै मार्च २३ मा बङ्ग्लादेशसँग खेल्ने तालिका छ । साफ च्याम्पियनसिको शीर्ष टोलीले उपाधि जित्नेछ ।
Discussion about this post