खोजखबर संवाददाता असोज १० गते । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधी वडा न ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहना संग वडामा भइरहेको गतिविधि र बिकास तर्फका विभिन्न कुराहरुमा रहेर अनलाइन खोजखबर डट कमले सोधपुछ तथा अन्तरक्रिया गरेको छ ।
वडा अध्यक्षले आफ्नो वडामा जिम्मेवारीमा रहेको बसपार्क ठेकेदारको कमीकमजोरीको कारणले ढीला भएपनि हाल उपभोक्ता समिति निमार्ण गरी काम अगाडि बढाएको ले आउने असोज १५ गते भब्य कार्यक्रम सहित प्रदेश नम्बर ५ का मुख्य मन्त्री र मेयर मार्फत उदघाटन गरिने समेत बताएका छन । नेपालगन्ज उपमहानगरपालिकाका अन्तर्गत रहेको बसपार्क सन्चालनमा आएपछि २०० देखी २५० वटा बस ले पार्क गर्न सक्ने समेत जनाए ।
वडा न ४ मा रहेको सम्पुर्ण बजेट १ करोड ६४ लाख ३ हजार रकम मध्य स्वास्थ्य , शिक्षा, बाटो, सरसफाइ र अन्य बिकासका क्षेत्रमा उपयोग गरिने र ठुला बिकाशको लागी केन्द्र प्रदेश तथा उपमहानगरपालिका संग समुन्वय गरी वडाको बिकासलाई तीब्र गतिले अगाडी बढाउने बताए ।
आफु मुस्लिम धर्म संग आबद्ध भएपनि हिन्दु धर्म मान्नेलाई बिबाह गरेर समुदायमा फरक पहिचान बनाएका अध्यक्षले आफुले इमानदारीपूर्वक अगाडी बढेका कारणले जनताको सहयोग रहेको र समाजबाट बिकासका क्षेत्रमा कुनै पनि ठुलो चुनौती भोगनु नपरेको दाबि गरे ।
आफुले प्राप्त गर्ने सरकारी तलब सबै सामाजिक क्षेत्रमा प्रयोग गर्ने र समुदायमा दुख पिडामा रहेका लाई सहयोग गर्ने गरेको समेत जानकारी दिएका छन् ।
हिन्दी फिल्मबाट राजनीतक प्रेरणा पायका उनिले समुदायलाई सधै साथमा लिएर अगाडि बढ्ने र आफ्नो वडालाई सफा सुग्घर राख्ने अनि भष्ट्राचारको अन्त गर्ने कुरामा समेत जोड दिएका थिए ।
Discussion about this post