बर्दिया चैत ८ गते ।
बर्दिया जिल्लाको गेरुवा गाँउपालिकामा पहिलो पटक शुद्ध खानेपानी आयोजना संचालनमा आएको छ । वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका स्थानीयहरु शुद्ध खानेपानीको सहज पहुँच भएसँगै स्थानीय हर्षित भएका छन् ।
त्यस्तै, पानीजन्य रोगको समेत निराकरण हुनेमा आशावादी देखिएका छन् । बर्दियाको गेरुवा गाँउपालिका वडा नं. ४ मा रहेको भाँगाबारी खानेपानी तथा सरसफाई आयोजना संचालनमा आएको छ ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति काठमाडौंँको आर्थिक सहयोगमा मानपुर युवा समाज बर्दियाले निर्माण गरेको खानेपानी आयोजना संचालनमा आएको हो ।
५० लाख ४८ हजार १ सय ५० रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी आयोजना झण्डै १ सय ८० फिट गहिराईबाट निकालिएको पानी २० हजार लिटरको ओभर हेड ट्याङ्की मार्फट प्रशुधित गरेर स्थानीयहरुको घरमा पठाईने गरिएको छ ।
हाल १ सय ९ स्थानीयको घर–घरमा बिहान बेलुकी गरेर दैनिक ४ घण्टा खानेपानी सेवा विस्तार गरिएको गेरुवा गाँउपालिका वडा नं ४ का अध्यक्ष बलबहादुर चलाउनेले जानकारी दिनुभयो ।
Discussion about this post