काठमाडौं चैत ११ गते ।
आज पनि हिजोको जस्तै हावाहुरी चल्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।
स्थानीय वायुसँगै माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हावाहुरी चलेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आज पनि बेलुकीपख काठमाण्डौसहित पहाडी क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।
आज प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
हावाहुरी र मेघगर्जन हुने बेलुकीको सयममा सकेसम्म हिँडडुल नगर्न र खेतबारीको काम नगर्न मौसमविद्को सुझाव छ ।
Discussion about this post