डोटी चैत १८ गते ।
डोटीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विक रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले जानकारी दिनुभयो ।
घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए ।
उनको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
Discussion about this post