बाँके चैत २१ गते ।
बाँकेमा लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका– ३ मानपुराका ५२ वर्षीय रामपल्टन काँदु गुप्तालाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।
लेनदेन मुद्दामा गुप्तालाई २०७५ साल भदौ ११ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ९ महिना कैद फैसला गरेको थियो । उनलाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गुप्तालाई आज जिल्ला अदालतमा बुझाएको छ ।
Discussion about this post