खोजखबर संवाददाता बाँके असोज ११ गते । नेपालगञ्जमा जारीे प्रदेश स्तरीय क्वीक्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा बाँके प्रथम भएको छ । सो प्रतियोगितामा तीन जिल्ला सम्मिलित रहेका थिए ।
दाङको फातिमा इंगलिस बोर्डिङ स्कूललाई २–० गोलले पराजित गर्दै बाँकेको जनज्योती मावि प्रथम भएको हो । बाँके, बर्दिया र दाङ सम्मिलित टोलीबाट प्रथम भएको बाँकेले अब काठमाडौंमा हुने क्वीक्स कप अन्तर विद्यालय प्रतियोगितामा सहभागिता जनाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।
बर्दियासँग बराबरी खेलेका बाँके र दाङलाई शुक्रबार जित्नै पर्ने दबाब थियो । बाजी बाँकेले मा¥यो । बाँकेले २–० गोलको सहज जित निकालेर काठमाडौंको यात्रा पक्का ग¥यो । बाँकेबाट दिलसरा रानाले २५ र मोनिका घर्तिले ५९ मिनेटमा गोल गरेका थिए ।
जिल्लामा सञ्चालन गरिएको प्रतियोगिताको विजेताले प्रदेशमा प्रतिनिधित्व गरेका थिए । प्रदेशबाट दुई वटा टीम काठमाडौंका लागि छनौट हुने संघका अध्यक्ष शाहीले बताए । नेपालगञ्जबाट बाँकेको टीम छनौट भएको छ । प्रदेश ५ कै अर्को टीमको छनौट बुटवलबाट हुनेछ । त्यहाँ पनि केही जिल्लाले प्रतिस्पर्धा गरेका छन् ।
काठमाडौंका लागि छनौट भएको बाँकेले पहिलो खेल बर्दियासँग एक÷एक गोलको बराबरी खेलेको थियो । अर्को खेलमा दाङ र बर्दियाको दुई÷दुई गोल भएको
थियो । अपराजित रहेपनि बर्दियाको
दुई अंकमात्रै भयो । दाङको एक अंक रह्यो । बाँके चार अंकका साथ प्रथम भयो । बाँकेको जनज्योती मावि जिल्लामा आठ वटा टीमको प्रतिस्पर्धामा प्रथम हुँदै प्रदेशमा पुगेको थियो । कोहलपुरको जनज्योती स्कूल खेलकुदमा लगानी गर्ने स्कूलमध्येमा पर्छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post