खोजखबर संवाददाता बाँके असोज ११ गते । हिन्दुहरुको महान पर्व बिजय दशमीको अबसरमा शुभकामना साटासाट संगै समाजिक सद्भाव,धार्मिक सहिष्णुता ,तथा आपसी भाईचारालाई कायम गर्न र गराउन समाजबादी पार्टी बाँके उपमहानगरपालिका नेपालगंज नगर समिति ले हरेक वडा समितीका अध्यक्षहरु लगायत नेता कार्यकर्ताहरु पार्टीलाई बलियो बनायर लैजान र जनताको सुख दुखमा साथ भयर लाग्न कडा निर्देशन गरेको छ ।
हिन्दुहरुको महान पर्व बिजयादशमी को घटस्थापनाको दिन देखी देबीको मूर्ति हरु राखी रामलिला गर्ने परम्परा रहेको ले मुर्ति स्थलहरुमा वा मुर्ति बिसर्जन को दिन सम्म कुनै पनि समाजिक,धार्मिक तथा रिति रिवाज ,पुजाअर्चना मा खलबल मचाउने खाल को गतिविधि गर्ने ब्यती,समुहहरुको समेत पहिचान गर्ने र सम्वन्धित निकायमा अबिलम्ब जानकारी गराउने निर्णय गरेको हो ।
सो बैठकमा समाजबादी पार्टी नेपालगंज नगर समितिका अध्यक्ष श्रवण कुमार यादवको अध्यक्षतामा २३ वटै वडा समितीका अध्यक्षहरु, जिल्ला अध्यक्ष कमरुद्दिन राई , नगर उपाध्यक्ष रसिद अहमद कुरेशी, लगायत नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post