बाँके चैत २७ गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले अझै औपचारिकरुपमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । तर बाँकेका बस्तीबस्तीमा चुनावी सरगर्मी बढेको छ ।
उनिहरुलाई मौसमी गर्मीले भन्दा पनि चुनावी गर्मीले तताएको छ । आकांक्षीहरुले आफ्नो दाबी गर्न थालेका छ्न । उनिहरुले त्यहीअनुसार पार्टीभित्र लबिङ गर्न थालेका छ्न ।
यसैक्रममा नेपालगंज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीको वडा अध्यक्षमा अब्दुल गफ्फार हल्वाई कल्लुले उम्मेद्बारी दाबी गर्नु भएको छ ।
जसपा बाँकेको तर्फबाट उहाँले वडाध्यक्ष पदमा दाबी गर्नु भएको हो । व्यावसायिक पृष्ठभुमि भएका कल्लु अब भने राजनीतिमार्फत समाजसेवा गर्ने चाहना राख्नु भएको छ । आफ्नो वडाको बिकासका लागी आफ्नो उम्मेदवारी रहेको कल्लुको भनाइ छ ।
Discussion about this post