बाँके बैशाख २ गते ।
पद नभए पनि गर्न चाहनेले ब्यक्तिले समाजसेवा गर्न सक्छ । समाजसेवा गर्न टन्न पैँसा हुनुपर्छ भन्ने पनि छैन । इच्छा भएका ब्यक्तिले पद र पैँसा नभए पनि समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण नेपालगन्जको मेयरका उम्मदेवार जनता समाजबादी पार्टी (जसपा) बाँके अध्यक्ष कमरुद्दिन राईले गरेर देखाएका छन् ।
कोरोना महामारी चलिरहेको थियो । लकडाउनका कारण ब्यापार, ब्यवसाय बन्द थिए । कोरोना संक्रमणको त्रासमा कोहि पनि बाहिर निस्कने आँट गर्दैनथे । बाटोमा नजिकको आफन्त भेटिए पनि नजिक गएर बोल्ने आँट कसैमा थिएन । सवै बन्द कोठामा बसेर गुजारा गरिरहेका थिए ।
रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा संक्रमण पुष्टि भएको र कोरोनाबाट मृत्यू भएको समाचारले बजार तताएको अवस्ता थियो ।
तर, कमरुद्दिन राईलाई कोरोना संक्रमण भएर मर्ने डर लागेन । उनी बेरोजगार भएर खान नपाएका गरिव, असहाय, बृद्धबृद्धा, घर जान नपाएर अलपत्र परेका विद्यार्थी खोज्दै नेपालगन्जका गल्ली–गल्ली पुगेर राहत वितरण गर्थे ।
औषधि नपाएर छट्पटिरहेका विरामीलाई अस्पताल पुर्याएर उपचारको ब्यवस्था मिलाउँथे । उनले त्यतिबेला जात, धर्म, बर्ण सोधेनन् । उनले मात्र खान नपाएर भोकाएकाहरुलाई खोजे । विरामी भएर औषधि उपचार नपाएका विरामीलाई मात्र हेरे । ‘समाजसेवामा जात, धर्म, बर्ण हेरिनु हुँदैन ।
जो भोकाएको छ उसलाई पेटभरि खाना दिनु, लुगालत्ता नभएकालाई शरिर ढाक्ने कपडा दिनुनै धर्म हो,’ उनले भने, ‘मैले धेरै दिन सकेन, भोकभोकै दिन बिताइरहेकालाई भोजन दिएँ, कसैको सहारा नपाएर छटपटाइरहेका असहायको पीडामा मल्हम लगाउने प्रयत्न गरेँ ।’
राजनीतिमा लाग्नुभन्दा पहिले उनी नेपालगन्जमा ब्यापार गर्थे ।
विक्रम सम्बत् २०६४ सालमा उनी मधेसी जनाधिकार फोरम, बाँकेको जिल्ला सदस्य भए । पार्टीमा राम्रो काम गरेकोले उनी छिट्टै बढुवा भएर २०६८ सालमा फोरम बाँके उपाध्यक्ष भएर जिम्मेवारी सम्हाले । त्यसपछि २०६८–२०७० सम्म उनी कार्यबहाक अध्यक्ष भएका उनी ०७०–०७५ सालमा अध्यक्षको भूमिका निर्वाह गरे । अहिले उनको दोस्रो कार्यकाल हो ।
उनी फोरमको तर्फबाट स्थानीय शान्ति समिति, बाँकेको दुई बर्ष संयोजक र सदस्यको भूमिका निभाइसकेका छन् ।
ब्यापार गर्दा उनीसँग टन्न पैँसा हुन्थ्यो । नाम र दाम दुवै थियो ।
पैँसा कमाउने बेला उनलाई परिवारका सदस्यले माया गर्थे । तर, उनले पैँसा भन्दा समाजसेवा रोजे । विलासिता भन्दा उनलाई गरिव, दुखी, हेपिएका, पछाडी पारिएका समुदायको अधिकार स्थापित गर्न उचित लाग्यो । राज्यको विभेदकारी नीतिलाई परिवर्तन गरि समुन्नत राष्ट्र निर्माण गर्नुपर्छ भन्ने सोँच जागृत भयो ।
‘भ्रष्टाचार निवारण गरि सुशासन कायम गर्न, पिछडिएका समुदायको अधिकार स्थापित गरि राज्यको विभिन्न निकायमा पहुँच बढाउने सोँचका साथ म हुँदाखादाको ब्यापार छोडेर राजनीतिमा होमिए,’ उनले भने, ‘अहिले मसँग पैँसा छैन, तर गरिव, असहाय, राज्यबाट उत्पिडित समुदायको साथ छ । हेपिएका, दविएकाहरुको माया छ ।
धन, सम्पत्तीले दिने आनन्दभन्दा मलाई यसैमा मजा लाग्छ ।’
उनी यसपाली नेपालगन्जको मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनले ११ बैशाखमा उम्मेदवारी दिएर चुनावी अभियानमा होमिने योजनमा छन् ।
‘मेरो लागि नभई नेपालगन्जबासीको हितको लागि, नेपालगन्जको विकासका लागि मैले मेयरमा उम्मेदवारी दिँदैछु । तपाईहरुले भोट दिए मेयर भएर सेवा गर्ने छु, नदिए पनि सेवक हुँ, सधैँ सेवक भएर तपाईहरुको सेवामा लागिरहने प्रतिवद्धता गर्दछु,’ उनले भने ।
Discussion about this post