बाँके बैशाख ९ गते ।
भारतबाट भन्सार छली ल्याइएको ठूलो परिमाणको चिनी वीपीचोकमा बरामद भएको छ ।
सार्वजनिक यातायातका साधनमा ल्याइएका बोराका बोरा चिनी वीपीचोकमा खटिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जको प्रहरीले बरामद गरिरहेको छ ।
दैनिक नै चिनी बरामद भइरहेको छ । वडा प्रहरी कार्यालयका अनुसार, भन्सार छलेर ल्याएको २४ बोरा चिनी र चार बोरा सूर्ती बरामद भएको छ ।
वीपीचोकमा डिउटी बस्ने प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सनराइन (सानो गाडी) लाई चेकजाँच गर्दा अवैध सामान बरामद भइरहेको हो । प्रहरी स्रोतका अनुसार उक्त भन्सार छलीको सामान मोनु तस्करको रहेको छ ।
Discussion about this post