खोजखबर संवाददाता
काठमान्डौ असार १२ गते । यस बर्षको एसईईको नतिजा सार्बजनिक भएको छ ।नेपाल टेलिकमले एसईई (SEE) परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट seesymbol No.टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अग्रेजी अक्षरसहित लेख्नुपर्छ ।
यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ।यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो Symbol Number थिचेर नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ ।
Discussion about this post