बाँके बैशाख १२ गते ।
नेपालगन्ज उपमहानगरपालिका−५ को वडा अध्यक्षमा कल्पना शर्माले बागी उम्मेदवारी दर्ता गराएकी छन ।
नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि उनले आज शिक्षा समन्वय समितीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बागी उम्मेदवारी दर्ता गराएकी हुन ।
लामो समयदेखी राजनीतिमा क्रियाशिल शर्मालाई महिला भएकै कारण पार्टीले टिकट नदिएको शर्माको आरोप छ।
पार्टीले अन्तिम समयमा आयर आफुलाई टिकटबाट बन्चित गरिएको भन्दै दुख व्यक्त गरिन । उनी वडा नम्बर पाँचमा परिचित महिला नेत्री हुन ।
पावर र पैसामा अरुलाई टिकट बितरण गरिएपछि पार्टीमा मुल्यांकन गर्ने प्रबिधीको अन्त्य भएको पनि उनको भनाइ छ ।
उनले आफ्नो उम्मेदवारी वडाको बिकास र समृद्धि भएको बताएकी छिन। उनले महिलाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन ।
Discussion about this post