बाँके बैशाख १४ गते ।
चुनाव आउन १६ दिन बाँकि रहदा आज माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष जुम्मन खानले पार्टी परित्याग गरेका छन् । उनि माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रबेश गरेका छन् ।
नेपालगन्जको त्रिभुवन चोकमा भएको एक औपचारिक कार्यक्रममा उनी राप्रपामा प्रबेश गरेका हुन् । उनलाई राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले फुलमाला अबिर सहित राप्रपामा स्वागत गरेका छन् ।
बर्षौ देखि माओवादी केन्द्रमा रहि पार्टिकोलागि दिनरात नभनी काम गरिरहदा पनि पार्टी भित्र आफ्नो मुल्यांकन नभएको हुँदा आफुले पार्टी परित्याग गर्न परेको खानले बताए ।
Discussion about this post