बाँके बैशाख १८ गते ।
नेपालगन्ज उपमहानगरपालिका ७ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठले चुनावी अभियानलाई तीब्र बनाएका छन् ।
उनलाई वडाबासीले विकासप्रेमी उम्मेदवार बनेकोमा बधाइ दिदै प्रशान्तप्रति मतदाताको समर्थन बढ्दै गएको छ । आफ्नो वडालाई सम्बृद्ध बनाउनका लागि आफु चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ । अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कुनै पनि काम नगरेको उनको भनाइ छ ।
जुम्मन खाँ नेतृत्वको जनप्रतिनिधिको टिमले पाँच वर्षको अवधिमा वडाको समस्या समाधान गर्नै नसकेको बताए । जुम्मन खाँ व्यक्तिवादीरुपमा हावी भएका कारण आफ्नो वडाको पहिचान नै नगरेर पाँच वर्षीय कार्यकाल विताएको बताए । ढल र नालाको समस्या अझैपनि उस्तै रहेको भन्दै त्यसलाई पूर्णता दिने पनि उनको भनाइ छ ।
वडाबासीको समस्या समाधानका लागि वडाबासीलाई नै परिचालन गरिने पनि उनको भनाइ छ । वडाबासीले यस्तै विकासप्रेमी नेतालाई जिताउने बताएका छन् ।
प्रशान्त हिंजोआज सबैको मनमनमा बस्न सफल भएका छन् । उनी निर्वाचन लक्षित घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित देखिएका छन् ।
Discussion about this post