बाँके बैशाख १९ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा उपमेयर पदका उम्मेदवार कमरुद्दिन राइले चुनावी अभियानलाई तीब्र पारेका छन् । उनले सोमवार विहान नेपालगन्ज उपमहानगरपालिका २२ पुरैनीमा चुनावी घरदैलो गरेका छन् ।
पार्टीबाट वडामा अध्यक्ष पदका उम्मेदवारसहितको चुनावी घरदैलोमा मतदाताहरु उत्साहित देखिएका थिए । ६५ वर्षीया बृद्ध महिलाले राईलाई आर्शिवाद दिँदै यो पटक चुनाव जित्ने शुभकामना दिएकी थिइन् ।
उनले राईलाई आर्शिष दिँदै भनिन–‘बेटा तिमीलाई शुभकामना छ तिमी चुनाव जित्छौं ।’ घरदैलो अभियानका क्रममा ठूलो संख्यामा पुरैनाबासीले राइलाई सहयोगको प्रतिबद्धता जनाएका थिए ।
राईले आफु नगरको विकासका लागि उपमेयर बन्न चुनावी प्रतिस्पर्धामा उत्रिएको भन्दै आफ्नो पक्षमा भोट हाल्न आग्रह गरेका थिए ।
Discussion about this post