बाँके बैशाख १९ गते ।
नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका–८ मा वडा अध्यक्ष पदका उम्मेदवार स्वामी दयाल वैश्य गुप्ताले मतदाता भेटेर आफ्नो प्यानललाई विजयी बनाउन आग्रह गरेका छन् ।
समृद्ध वडा बनाउने आफूहरुको अठोटलाई साकार पार्न सम्पूर्ण पार्टीपंक्ति तथा जनताहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
वडालाई समृद्ध बनाउन भौतिक पूर्वाधार विकाससंगै सामाजिक विकासलाई संगसंगै लैजाने गुप्ताले बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुशासन लगायतका विषयलाई प्राथमिकतामा राख्दै वडालाई सूचना र प्रविधिमैत्री बनाउने गुप्ताले बताए । ढल र नाला निकासको काम आफ्नो प्राथमिकतामा रहेको गुप्ताको भनाई छ ।
Discussion about this post