बाँके बैशाख २१ गते ।
जसपा र माओवादी केन्द्रको गठबन्धनबाट जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार राजिव वर्मालाई स्थानीयले पाँच बर्षका लागि अनुमोदन गर्ने बताएका छन् ।
घरदैलोका क्रममा विभिन्न गाउँमा बाजागाजासहित पुगेका उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए । तपाईंहरुले राम्रो काम गर्नुभएको छ, फेरि हामी तपाईंहरुलाई नै जिताउँछौं, स्थानीयले भने–‘जित सुनिश्चित छ, ढुक्क भएर जानुस्ू अध्यक्ष पदका उम्मेदवार वर्मालगायतका उम्मेदवार जानकी गाउँपालिकामा घरदैलो अभियानमा व्यस्त छ ।
गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार पहिलेपनि आफुहरु १४÷१५ सय मतले अन्य पार्टीभन्दा अगाडि रहेको र यो पटक माओवादी केन्द्र समेत मिलेकाले मत बढ्ने बताए ।
अध्यक्षका उम्मेदवार वर्माले गाउँपालिकालाई नमुना पालिका बनाउने आफ्नो योजना रहेको बताएका छन् ।
Discussion about this post