बाँके बैशाख २५ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा जसपाबाट वडा न १ का अध्यक्ष पदका उम्मेदवार मोनु कुमार गुप्ताप्रति जनलहर बढ्दै गएको छ । युवा पुस्ताका लोकप्रिय गुप्ताप्रति मतदाताहरुको विश्वास बढ्दै गएको हो ।
गुप्ताको नेतृत्वमान सदस्य पदमा ओम बहादुर बस्नेत, महिला सदस्य हेमलता गुरुङ, दलित सदस्य मिरा पासी, सदस्य अलि अहमद हल्वाइ (पप्पु ) चुनावी प्रतिस्पर्धामा उत्रेका छन ।
प्रत्येक टोलमा खानेपानी तथा ढल निकासको व्यवस्था गरिने प्रत्येक टोलमा सोलार बत्तिको व्यवस्था गरिने, अनाथ, बाल बालिकाहरुलाई सामुदायिक विद्यालय तथा प्रत्येक स्कूलमा निः शुल्क पढ्ने व्यवस्था गरिने, वडामा रहेका बेरोजगार युवा युवतीहरुलाई सिपमूलक तालिम दिई रोजगारको व्यवस्था गरिने लगायतका चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त उनीहरुको टिम मतदाताहरुलाई मत हाल्न समेत सिकाउँदै हिडेका छन् । नमुनापत्र बोकेर घरदैलोमा व्यस्त गुप्ताले आफ्नो टिमप्रति मतदाताहरुले विश्वास दिलाएको बताए ।
Discussion about this post